२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन तोलाको एक लाख नाग्यो


२१ श्रावण २०७७, बुधबार  

0
Shares


२१ साउन ०७७, काठमाडौं । कोरोनाको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य बजारमा बुधबार अप्रत्याशित रुपमा बढेको छ । मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख ९०० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य रु ६५ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २ सय ९५ निर्धारण भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४ सयले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४।५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँस चाँदी २५।९६ अमेरिकी डलर निर्धारण भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १ : ०३ बजे