११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउमा मोटरसाइकल र स्कुटर जुध्यो, एक घाइते,स्थानीय आन्दोलित, सडक बन्द


२२ श्रावण २०७७, बिहिबार  

0
Shares


लपु संवाददाता
२२ साउन ०७७, चापागाँउ । ललितपुर चापागाँउ टाहाखेलमा मोटरसाइकल र स्कुटर ठोकिएको छ ।

टाहाखेलको ओरालामा वा७७ प ५४३६ नम्बरको मोटरसाइकल र ६१ प ८०१२ को स्कुटर ठोकिएपछि एक युवक घाइते भएका छन् । उनको उपचारका लागि चापागाँउबाट अस्पतालतर्फ भर्खरै लगिएको छ ।

दुर्घटनापछि स्कुटी चालक सुनिल पौडेललाई बज्रवाराही चापागाँउ अस्पतालमा उपचार भइरहेको महानगरिय प्ररही बृत चापागाँउले जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था खराव रहेकाले उनको रिफर गर्ने तयारी भइरहेको प्रहरीको भनाई छ । अर्का मोटरसाइकल चालक सरोज बस्नेत पनि घाइते छन् । उनको अवस्था भने सामान्य रहेको बुझिएको छ । बन्द सडक केही समयअघि खुलेको छ ।

ट्राफिक प्रहरीका अनुसार विस्तृत विवरण आइसकेको छैन ।
सडकको किनारामा ट्रक रोकिएकोले दुर्घटना भएको भन्दै स्थानीयबासीले सडक बन्द गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १२ : ०७ बजे