१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा ८७ जनामा कोरोना पुष्टि


२२ श्रावण २०७७, बिहिबार  

0
Shares


२२ साउन ०७७,काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना सङ्क्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा एक जना व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुन सक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । गौत्तमले कोरोनाको औषधि पत्ता नलागिसकेको भन्दै सबै अस्पतालले चिकित्सकलाई सिफ्टअनुसार मिलाएर काम गराउन आग्रह गरेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् । यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २१ हजार ७ सय ५० जना पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ६ हजार २ सय ९६ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ३३ जना उपचारपछि निको भएका छन् भने नेपालमा हालसम्म १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच जना व्यक्तिको निधन भएको छ । मृत्यु हुनेमा मोरङका ४५÷४५ वर्षीय दुई पुरुष, सर्लाहीका ६५ वर्षीया महिला, धनुषाका ७२ वर्षीया महिला र सप्तरीका ४२ वर्षीय पुरुषको निधन भएको हो ।
उनीहरु सबैको निधन साउन २१ गते भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या ६५ पुगेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ७ : ०० बजे