११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको पाटनमा १२ कोरोना संक्रमित


२३ श्रावण २०७७, शुक्रबार  

0
Shares


लपु संवाददाता
२३ साउन ०७७, ललितपुर पाटन । हरेक दिनजसो कोरोना संक्रमित फेला परेपछि ललितपुरको पाटन क्षेत्र कोरोनाले घेरिएको पाइएको छ । विहीबार उपत्यकामा फेला परेका ८७ जना संक्रमित मध्ये पाटनका मात्रै १२ जना फेला परेका छन् ।
फेला परेका मध्ये ५ जना पाटनमा स्थायी बसोबास गर्ने स्थानीयबासी छन् ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अहिलेसम्म ललितपुरमा १ सय ३२ जनामा कोरोना संक्रमण फेला परेकामध्ये अधिकाशं कोरोना संक्रमित पाटनका छन् । कोरोना संक्रमण स्थायी बासिन्दाहरुमा पनि दिनदिनै देखिनुले कोरोना संक्रमण समुदायसम्म फैलिएको हो कि भन्ने आशंका छ ।
पर्साजिल्ला पछि उपत्यकामा धेरै कोरोना देखिनुले सजकता अपनाउनु जरुरी देखिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ४० बजे