११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन क्षेत्रमा विद्युत् काटिने


२३ श्रावण २०७७, शुक्रबार  

0
Shares

 

२३ साउन ०७७, पाटन । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार ललितपुरको पाटन क्षेत्रलगायतका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाट वितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।
प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटोती हुने जानकारी दिएको छ । प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्राधिकरणले तोकिएको काम समयअगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : २६ बजे