११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शुक्रबार ललितपुरमा ८ जना कोरोना संक्रमित फेला


२३ श्रावण २०७७, शुक्रबार  

0
Shares


२३ साउन ०७७, ललितपुर । ललितपुरमा शुक्रबार ८ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गोदावरी र महालक्ष्मी नगरपालिकामा १÷१ जना संक्रमित भेटिएका छन् । बाँकी ६ जना भने ललितपुर महानगरभित्र फेला परेका छन् ।
शुक्रबार भेटिएका सबै संक्रमित पुरुष छन् । उनीहरुदेखि २७ बर्षदेखि ५६ बर्ष उमेर समूहका छन् ।
ललितपुरमहानगरमा फेला परेका कोरोनाभाइरसका संक्रमित सबै ट जना स्थायी बासिन्दा हुन् । गोदावरी र महालक्ष्मी नगरमा फेला परेका कोरोना संक्रमिभतहरु कठमाडौं बाहिरबाट आएका हुन् ।
शुक्रबारका समेत कोरोना संक्रमित गन्ने हो भने ललितपुरमा अहिलेसम्म १ सय ४० जना कोरोना संक्रमित फेला परेका छन् । यी मध्ये पुरुष ९२ जना छन् । महिला भने ४८ मात्रै छन् ।
अहिलेसम्म फेला परेका संक्रमितमध्ये बहुसंख्यक ललितपुर महानगरमा नै फेला परेका छन् ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शुक्रबारसम्म ललितपुर महानगरमा ६३ जना कोरोना संक्रमित भेटिएका छन् । महालक्ष्मी नगरपालिकामा १३ जना भेटिएका छन् गोदावरी नगरमा १२ जना छन् ।
शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार महाँकालमा २ जान संक्रमित छन् । वागमती र कोञ्ज्योसोममा भने १÷१ जना मात्रै संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : २७ बजे