१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आइतबार ललितपुरमा ५ जना कोरोना संक्रमित


२५ श्रावण २०७७, आइतबार  

0
Shares


२५ साउन ०७७, ललितपुर । स्वाथ्य कार्यालय ललितपुरले आइतबार ललितपुरभर ५ जना कोरोना संक्रमित रहेको तथ्य सार्वजनिक गरेको छ ।
स्वास्थ्य कार्यालयले जनाए अनुसार ललितपुर महानगरभित्र ४ जना कोरोना संक्रमित फेला परेका छन् । अर्का १ जना संक्रमित महालक्ष्मी नगरपालिकामा भेटिएका हुन् ।
प्mेला परेका कोरोना संक्रमित ललितपुरका २९ बर्षिय एक मात्र स्थानीय बासिन्दा हुन् । अन्य ४ जना काठमाडौं बाहिरबाट आएर बसेका अस्थायी बासिन्दा रहेको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
संक्रमितहरु १८ वर्षदेखि ३८ बर्षसम्मका छन् ।
यो संक्रमितहरुको तथ्याङ्कसँगै ललितपुरमा अहिलेसम्म १०५७ जना संक्रमित फेला परिसकेका छन् । यीमध्ये १ सय ६ जना पुरुष र ५१ ज्ना महिला संक्रमित फेला परिसकेका छन् ।
महालक्ष्मी नगरपालिका ललितपुरको उत्तरपुर्वी इलाका साविक इमाडोल,टिकाथली, लूभू, लामाटार र सिद्दिपुर गाविस समेटेर बनाइएको नगर हो । ललितपुर महानगर भने पाटन र यहाँ जोडिएका वरपरका बस्तीहरु समेटेर बनेको महानगर हो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : २५ बजे