११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउको प्याङ्गगाँउ सडकमा अझैं पाकिङ्ग, बेवारिस भयो नगरपालिकाको सूचना


२६ श्रावण २०७७, सोमबार  

0
Shares

शुक्रबार साँझ प्याङ्गगाँउ सडकमा रोकिएका टिपरहरु । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२६ साउन ०७७, प्याङ्गगाँउ । गोदावरी नगरपालिकाको आदेश उलंगन गर्दै चापागाँउको प्याङ्गगाँउ सडकमा पार्किङ्ग गर्ने क्रम अझै रोकिएको छैन ।
सडकको दुवैतर्फ अनावश्यक दिनभर पार्किङ्ग गर्ने गरिएपछि दुर्घटना बढेका,े पैदलयात्रीलाई सास्ती भएको, व्यापारीको पसल छेकिएको र व्यावसायमा समेत बाधा परेको भन्दै स्थानीय बासिन्दाले निरन्तर विरोध गर्ने गरेपछि गोदावरी नगरपालिकाले सूचना प्रकाशन गरेर पार्किङ्ग हटाउने निर्णय सार्वजनिक गरेको थियो ।
सडकको दुवैतर्फ पार्किङ्गका कारण दुर्घटना भएको भन्दै स्थानीयबासीले सडक छेकेर यहाँ प्रर्दशन समेत भएको थियो ।
निर्माण समाग्री लोड अनलोड गर्न यहाँ दिनभर १६ चक्के गाडी, बस,पिकअप पार्किङ्ग गर्ने गरिएको स्थानीय दिनेश घिमिरेले बताए । उनका अनुसार पार्किङ्गका कारण दैनिक जाम हुने क्रम रोकिएको छैन ।


साथै हरेक साँझ प्याङ्गगाँउदेखि टाहाखेलसम्म निर्माण सामाग्री बोकेका टिपर लाइनै पार्क गर्दा समस्या खडा भएको छ । साँझ प्रहरीले पालै पालो टिपर छोड्ने गरेको छ ।
गोदावरी नगरपालिका वडा नं. १० का वडाध्यक्ष दर्शनकुमार विष्टले गाडीवालाहरुले अटेर गरिरहे केही दिनमा ह्वील लकर ल्याएर लगाउने विषयमा छलफल भइरहेको बताए । उनले भने,‘हामी सडकमा नो पाकिङ्गलगायत ट्राफिक साइन राखेर जनचेतना फैलाउने सोचमा छौं । यस विषयमा ट्राफिकसँग छलफल भइरहेको छ ।’


चापागाँउ ट्राफिक प्रमुख कुँदन कुमार साहले अहिले धेरै जना ट्राफिक क्वारेन्टाइनमा रहेकाले कारवाही गर्ने अवस्था नरहेको बताएका छन् । उनले भने,विहान १०बजेदेखि कोरोनाका कारण टिपर गुड्न निशेध गरेकोले दिउसैदेखि पालो कुर्न सडकमा टिपर आउने गरेका समस्या देखिएको हो ।
नगरपालिकासँग छलफलमा सडकमा ट्राफिक चिन्ह राख्ने तयारी रहेको साहले ललितपुर खबरसँगको कुराकानीमा बताएका छन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ११ : ४७ बजे