११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोरोना बढेपछि ललितपुरको महालक्ष्मी नगर बन्द


२७ श्रावण २०७७, मंगलबार  

0
Shares


लपु संवादादाता
२७ साउन ०७७, ललितपुर । दिनदिनै कोरोना संक्रमण बढेपछि उत्तरपुर्वी ललितपुरको महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यालयबाट दिदै आएको सबै सेवा बन्द गरेको छ ।
मंगलबारदेखि १५ दिनका लागि बन्द गरिएको नगरपालिकाका सेवा आगामी भाद्र ९ गते मात्रै खुल्नेछ । नगरपालिकाले अत्यावश्यक सेवा भने दिनेछ ।

यो अविधिमा नगर अन्र्तगतका कार्यालयहरु वडा कार्यालय समेत बन्द हुनेछन् ।
नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको हस्ताक्षरित सूचनामा नागरिकको स्वास्थ्य अवस्थामा गम्भिर जोखिम आउन नदिन यो निर्णय गरेको उल्येख छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : २० बजे