१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं १ सय ३६ नयाँ कोरोना सङ्क्रमित


२७ श्रावण २०७७, मंगलबार  

0
Shares


२७ साउन ०७७, काठमाडौं ।  उपत्यकामा थप १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौँका १ सय २१, लतिपुरका १२ र भक्तपुरका सात सङ्क्रमित रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६ सय ३८ नयाँ सङ्क्रमित देखिएका हुन् । हालसम्म चार लाख ६२ हजार ६ सय ९८ जनाको पिसिआर परीक्षण भएको जनाइएको छ ।
कोरोनाबाट थप चारको मृत्यु
कोरोनाबाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले धनुषा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका गरी थप चारको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा धनुषाका ५० र ६० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काभ्रेका ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष छन् ।
पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ६ सय ६४ पुगेको छ । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २०१ रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : ०२ बजे