३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा १६ जनामा कोरोना संक्रमित फेला, यी हुन् संक्रमित


२७ श्रावण २०७७, मंगलबार  

0
Shares


लपु संवाददाता
२७ साउन ०७७,ललितपुर । ललितपुरमा मंगलबार १६ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार ललितपुर महानगरपालिकामा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
लुभु लामाटार इमाडोल र टिकाथली समेटेर बनाइएको महालक्ष्मी नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
गोदावरी नगरपालिकामा भने १ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितको उमेर समूह २१ वर्षदेखि ४५ बर्षसम्म रहेको छ । यीमध्ये ललितपुर महानगरमा बसोबास गर्ने ५ जना बाहेक सबै संक्रमितहरु यहाँका रैथाने बासिन्दा हुन् ।
मंगलबार फेला परेका कोरोना संक्रमितसँगै अहिलेसम्म ललितपुरमा १ सय ७९ जना कोरोना संक्रमित भेटिएका छन् । यी मध्ये १ सय २० जना पुरुष छन् भने महिला ५९ जनामा मात्रै छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।