१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी सडक मर्मतको माग राख्दै ज्ञापन पत्र


२८ श्रावण २०७७, बुधबार  

0
Shares

२८ साउन ०७७, ललितपुर । ललितपुरको पर्यटकीय स्थल गोदावरी प्रवेश गर्ने सडक जीर्ण रहेको र चाडोे मर्मतको माग गर्दै गोदावरी गोदावरी होटल रेष्टुराँ एशोसियसनले प्रदेश सासंद राजकाजी महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई ज्ञापनपत्र बुझाएको छ ।
होटल संघका अध्यक्ष राज घिमिरेको प्रतिनिधि मण्डलले मंगलबार ज्ञापन पत्र बुझाएको हो ।
सडककै कारणले गर्दा यस क्षेत्रका होटल व्यावसायमा गम्भिर असर परेकोले ज्ञापनपत्र बुझाउनु पर्ने अवस्था आएको घिमिरेले ललितपुर खबरलाई बताएका छन् ।
लामो समयदेखि सडक जीर्ण हुँदा गोदावरी जान र आउन समस्या छ । बर्षामा हिलाम्मे हुने यहाँको सडक हिउद याममा धुलोले हिड्न सक्ने अवस्था हुँदैन ।
सरकारले सडक विस्तारको ठेक्क लगाएको भए पनि यस सडकको काम शुरु भएको छैन । स्थानीयबासील घरकोे मुआव्जा क्षतिपुर्ति र जग्गाको समेत मुआव्जा मागेर आन्दोलन गरिरहेका छन् ।
गोदावरीको टौखेलदेखि भने सडकको दुवैतर्फ ८÷८ मिटर सडक विस्तार भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।