११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगर ३ का वडाध्यक्ष तारिखमा छुटे


२८ श्रावण २०७७, बुधबार  

0
Shares


२८ साउन ०७७, ललितपुर । मृगौला दानका लागि लागि झुटो नाता प्रमाणित गरिदिएको अभियोगमा पक्राउ गरिएका ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत ललितपुरले बुधबार उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
उनलाई पक्राउ गरेपछि कर्मचारी संगठन, जनप्रतिनिधि तथा स्थानीयबासीले समेत उनलाई फसाइएको भन्दै विरोध गरेका थिए । उनको रिहाईको माग गर्दै प्रर्दशन समेत भएको थियो ।
वडा कार्यालयबाट दिने नाता प्रमाणितको कागजातको आधारमा मिर्गौला तस्करी गरिएको आरोपमा महर्जन पनि संलग्न हेको भन्दै गत असार २६ गते प्रहरीको मानव तस्कर ब्युरोले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : २३ बजे