१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काँग्रेसको बित्तिय तथा सहकारी विभागको सचिवमा भण्डारी


२९ श्रावण २०७७, बिहिबार  

0
Shares

सचिवमा नियुक्त सुरेन्द्र भण्डारी ।

२९ साउन ०७७,ललितपुर । श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले बित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ ।
दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लाग्नुभएका भण्डारीको लामो समय सम्मको योगदानलाई कदर गर्दै नेपाली काग्रेसले सचिवमा नियुक्ति गरेको हो ।
भण्डारीसहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्रीलालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ठ संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार शेयर सदस्य छन् ।
संस्थाको लागानीमा श्रीलालीगुराँस राष्ट्रिय माध्यामिक विद्यालय, श्रीलालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र श्रीलालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् ।
सबै सस्थाको नेतृत्वदायी भुमिकामा रहनुभएका भण्डारीले आफ्नो नियुक्तिलाई सहीरुपमा अघि बढाउदै सहकारी र बित्तिय संस्थाको विकासमा अथक रुपमा लागिरहने बताएका छन् ।
नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष रहेका भण्डारी सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै वित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा नियुक्ति गरेको हो । हाल मुलुकभर करिब ३३ हजार सहकारी सञ्चालित छन् ।
नेपाली काग्रेसको विधान २०१७ (संसोधन सहित)को धारा २५(९ बमोजिम उनलाई नियुक्ति गरेको पत्रमा उल्लेख छ । नियुक्ति भए लगत्तै भण्डारीले पार्टीको केन्द्रिय बित्तिय विभागलाई थप सुदृढ र गतिशिल बनाउन दत्तचित्त भई लागि पर्ने बताउका छन् ।
यसअघि सहकारी महासंघको सञ्चालक, सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठित समितिमा समेत काम गरिसकेका भण्डारी कुशल सहकारीकर्मीको रुपमा परिचित छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।