५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पहिरोमा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता


३० श्रावण २०७७, शुक्रबार  

0
Shares


सिन्धुपाल्चोकको जुगल सिन्धुपाल्चोक गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरोमा बेपत्ता ३८ को उद्धार गर्दै नेपाली सेनाका जवान । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ जना घाइते भएका छन् । तस्वीर देवराज सुवेदी /रासस

३० साउन ०७७, काठमाडांै । मुलुकका विभिन्न ठाँउमा गएको पहिरोमा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ । भने २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । यहाँ मात्रै १० जनाको मृत्यु भएको र २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिएका छन् ।
शुक्रबार संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गरेका छन् ।
पाँच घाइतेलाई उपचार गरेर अस्पताल ल्याइएको छ । सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पु¥याइएको छ । ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । यहाँ दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा शुक्रबारै एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिए । यहाँ एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ ।
यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २सय ६ जनाको मृत्यु भइसकेको छ । अझै ७१ जना बेपत्ता छन् । १ सय ६० भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।