११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा शनिबार ३६ जनामा कोरोना


३१ श्रावण २०७७, शनिबार  

0
Shares

३१ साउन ०७७, ललितपुर । ललितपुरमा शनिबार ३६ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयमा शनिबार साँझ आयोजित नियमित पत्रकार सम्मेलनमा ललितपुरमा ३६ जना संक्रमित पुष्टि भएको तथ्याङ्क मन्त्रलयका प्रवक्ता जागेश्वर गौत्तमले पुष्टि गरेका हुन् ।
स्वास्थ्य कार्यालय ललितपुरले उपलव्ध गराएको तथ्याङ्क अनुसार ललितपुर महानगरमा कोरोना संक्रमितको संख्या २२ जनामा सिमित भएको छ । ललितपुरमा ९ जना महिला र १३ जना पुरुषमा गएको २४ घण्टामा कोरोना पुष्टि भएको हो ।
शनिबार कोञ्ज्योसोम गाँउपालिका बाहेक सबै स्थानीय तहमा कोरोना पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १ जना महिला, गोदावरी नगरमा ५ जना महिला र ६ जनापुरुष गरेर जम्म ११ जना,वागमती गाँउपालिमाका १ जना पुरुष र महाकांल गाउपालिकामा १ जना महिलामा कोरोना संक्रमण फेला परेको छ ।
यो संगै ललितपुरमा २६४ जनामा अहिलेसम्म कोरोना संक्रमण फेला परिसकेको छ । यीमध्ये ९१ जना महिला र १ ७३ जना पुरुष छन् ।

सधैंजसो एक अंकमा सिमित ललितपुरमा कोरोना संक्रमण केही दिनदेखि एक्कासी बढेर ३६ पुगेको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : ५९ बजे