११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सात कोरोना संक्रमित भेटिएपछि ढुकुछाप सिल


३२ श्रावण २०७७, आइतबार  

0
Shares

उचाईबाट हेर्दा देखिएको डुकुछापको दनुवार बस्ती । ललितपुर खबर

लपु संवाददाता
३२ साउन ०७७, चापागाँउ । ललितपुर गोदावरी नगरपालिका ८ ढुकुछापमा कोरोना संक्रमित फेला परेपछि सिल गरिएको छ । यस वडाभित्र ७ जना कोरोना संक्रमित फेला परेपछि बडा कार्यालय सिल गरिएको वडाध्यक्ष शुकबहादुर लामाले विज्ञप्ती निकालेर जानकारी दिएका हुन् ।
वडाभित्र भदौं १५ गतेसम्म सिल हुनेछ । सिल गरिएको ठाँउमा पुर्वमा छम्पी प्रहरी प्रभाग, पश्चिममा कटुवाल दहदेखि झुलुङ्गे पुल खहरे दोभान,उत्तरमा फसिडोन दोभान र दक्षिण छम्पी पानी टयाङ्की सम्म रहेको छ ।
यद्यपी सिल गरिएको ठाँउमा समेत अत्यावश्यक खाद्यान्न पसल भने विहन ६ बजेदेखि साडे नौसम्म र साँझ ४ बजेदेखि साँझ साडे ६ बजेसम्म खोल्न पाइनेछ । यस अवधिमा ग्राहकलाई अनिबार्य मास्क लगाउन लगाएरमा पसलमा प्रवेश गर्न दिने र सेनिटाइजर प्रयोग गर्न दिनेजस्ता स्वास्थ्य मापदण्ड पसलेहरुले पुरा गर्नुपने शर्तराखिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ११ : ०७ बजे