११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अध्यक्ष फोरमले ग¥यो दक्षिण ललितपुरमा सार्वजनिक यातयात बन्द गर्ने निर्णय


३२ श्रावण २०७७, आइतबार  

0
Shares

३२ साउन ०७७, ललितपुर । दक्षिण ललितपुरका तीवटा गाँउपालिका सम्मिलित अध्यक्ष फोरमले दक्षिण ललितपुरमा कडाई गरको छ । आइतबार बसेको फोरमको बैठकले दक्षिण ललितपुरको सार्वजनिक यातयात निषेध सहित विभिन्न निर्णय गरको छ ।
बैठकको निर्णय अनुसार होटल रेष्टुरेण्टमा भौतिक कायम गरि सञ्चालन गर्नु पर्ने, मास्क र सेनिटाइजरजस्ता स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेजस्ता शर्त राखिएको छ ।
अध्यक्ष फोरमले कोञ्ज्योसोमको नल्लु भञ्ज्याङ्ग,वागमतीको बगुवामा नेपाल प्रहरीको चेकपोष्ट राख्ने, ललितपुरको कोटडाँडा विर्खेधारामा नेपाली सेना, र नेपाल प्रहरी सहित स्वास्थ्यकर्मी सम्मिलित हेल्थडेक्स संयुक्त चेकपोष्ट राख्ने निर्णय गरेको छ ।
साथै तीनवटै गाँउपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । वागमती गाँउपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले
सुन किन्ने र नून किन्ने ठाँउ काठमाडौं उपत्यका रहेको र काठमाडौंमा कोरोना संक्रमण बढेपछि बाध्य भएर अप्रिय निर्णय लिनु परेको बताएका छन् ।
उनले भने, ‘महाकाल गाँउपालिकामा बसबाट कोरोना संक्रमित पुगेको र कन्ट्राक ट्रेसिङ्ग कसको मात्रै गर्ने भन्ने समस्या देखिएकाले दक्षिण ललिातपुरलाई कोरोनाबाट जोगाउन सार्वजनिक यातयात बन्द गर्नु उत्तम देखेर हामीले यो निर्णय लिएका हौं ।’

काठमाडौं उपत्यकामा रहेका काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लामा ३ बटा गाँउपालिका मात्रै छन् । दक्षिण ललितपुरमा रहेका कोञ्ज्योसोम, माहाँकाल र वागमती गाँउपालिका छन् । उपत्यकाका यी जिल्लाका नगरपालिकाहरुले मयेर फोरम गठन गरेपछि उपत्यकाका गाँउपालिकाहरु उक्लिएका थिए । उपत्यकामा नगरपालिकाहरुले गर्ने निर्णयमा गाँउपालिकाहरु नअटाएपछि पछिल्ला दिनमा अध्यक्ष फोरमको रुपमा विज्ञप्ती आएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : २५ बजे