११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा २ हजार कोरोना सङ्क्रमित


१ भाद्र २०७७, सोमबार  

0
Shares


१ भदौं ०७७, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि काठमाडौं उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा २ हजार १ सय ३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उपत्यकामा लकडाउन खुलेपछि सङ्क्रमितको संख्या बढ्न थालेका हो ।
अधिकारीका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा सबैभन्दा धेरै १ हजार ७ सय ५, भक्तपुरमा १ सय ४७ र ललितपुरमा २ सय ८२ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १० जनाको कोरोना भाइरसको कारणले मृत्यु भइसकेको छ । यसरी मृत्यु हुनेमा नौ जना काठमाडौँ र एक जना ललितपुरको हो ।
उपत्यकामा २ सय ४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौँ जिल्लामा १ सय ६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका हुन् । सोमबार मात्र उपत्यकामा १ सय ६८ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा १ सय ३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।

उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा २७ हजार २४१ सङ्क्रमित, १७ हजार ४९५ निको भएका, १०७ जना सङ्क्रमणले गर्दा मृत्यु भएका र नौ हजार ६३९ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : ०४ बजे