१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गिम्दीमा तरकारी विउ वितरण


७ भाद्र २०७७, आइतबार  

0
Shares

एक किसानलाईविउ वितरण् गर्दै वल ।

७ भदौं ०७७, गिम्दी । सुदुर दक्षिण ललितपुरको गिम्दीमा तरकारी खेती शुरु गरिएपछि स्थानीय राजनीतिकर्मी कृष्ण बलले २ सय किसानलाई विउ वितरण गरेका छन् ।
ललितपुरको दुर्गम गाँउमा परम्परागत खेती किसानी भइहेकोमा बजारसँग पहुच बढ्दै गएपछि किसान उत्साहित रुपमा व्यावसायिक खेतीतर्फ आर्कर्शित हुन थालेपछि विउ वितरण गरिएको बलले जानकारी दिए ।
उनले भने,‘मैलै आफ्नै खर्चमा किसनालाई विउ वितरण गरेको हुँ । वगुवा गिम्दी सडक स्तरोन्नती सुरु भएपछि चापागाँउ लगनखेल बजारसम्म तरकारी ढुवानी गर्न सम्भव भएकोले किसानलाई उत्साहित बनाउन मेरो सानो पहल हो ।’
पछिल्लो समय गिम्दीबाट दुध संकलन गरेर काठमाडौं उपत्यकाका डेरीहरुमा बिक्रि सुरु भएको छ ।
गिम्दीबाट चापागाँउ बजारसम्म तरकारी ल्याएर बेच्दा ढुवानी महँगो पर्ने हुँदा किसान उत्साहित हुन नसकेको एक स्थानीयले बताए । उनले भने, कहिलेकाही तरकारी भन्दा धेरै पर्छ । कसरी तरकारी खेती भनेर यहाँका किसानले मन मारेका हुन् ।
‘ढुवानी महँगो पर्ने भए पनि आधा रकम गाडी भाडा मात्रै लिएर बजारसम्म पु¥याउन लैजान यहाँका यातयात व्यावसायी सहमत छन् । धेरै मात्रामा तरकारी खेती शुरु गर्ने हो भने बजारसँगको पहुच बढ्छ ।’ बलले भने ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : २६ बजे