११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरभर १४ कोरोना संक्रमित फेला


८ भाद्र २०७७, सोमबार  

0
Shares


८ भदौ ०७७, ललितपुर । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जनामा कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले सोमबार विहान सार्वजनिक गरेको रिपोर्ट अनुसार ललितपुर महानगरपालिकामा ६ जना महिला र ३ जना पुरुष सहित ९ जना कोरोना संक्रमित फेला परेका छन् ।
ल्लितपुरको महालक्षमी नगरपालिका र गोदावरी नगरपालिकामा १÷१ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
दक्षिण ललितपुरको माहांकाल गाँउपालिकामा समेत कोरोना संमित १ जना पुरुष भेटिएका छन् ।
पछिल्लो समयमा ललितपुरमा कोरोना संक्रमण बढ्दै गएर ४ सय ६९ पुगेको छ । यी मध्ये पुरुष २ सय ७३ र महिला १ सय ९६ रहेका छन्।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ९ : २३ बजे