११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउमा ‘फुड बैंक’ सुरु


९ भाद्र २०७७, मंगलबार  

0
Shares


लपु संवाददाता
९ भदौं ०७७,चापागाँउ । चापागाँउ बजारमा फुड बैंक शुरु भएको छ । मंगलबार विहान चापागाँउ बजारमा सुरु भएको फुड बैंकमा हुनेले दिन सक्छन् भने नहुनेले लिएर जान सक्छन् ।
हरेक विहान ८ बजेदेखि ९ बजेसम्म यहाँ घरमा खानेकुरा नभएर समस्या परेकाहरुले निशुल्क दाल चामल लिन सक्छन् भने हुनेले दिन सक्छन् ।
यहाँ २ केजी चामल,२ पाउ दाल, एक पाकेट नुन, एक पाकेट मस्यौरा वितरण गरिएको थियो । स्थानीय युवाहरु मिलेर फुड बैंक सञ्चालनमा ल्याएको स्थानीय उमेशमेयर कायस्थले ललितपुर खबरसँग बताए ।
कायस्थका अनुसार स्थानीय युवा महेश देसारले एक बोरा दाल दिएका थिए भने डिकेश देशारले एक बोरा मस्यौरा दिएका थिए । साथै निलेस महर्जन,अनिल श्रेष्ठले १÷१ बोरा चामल, र अनिल महर्जनले नून १ बोरा दिएका थिए ।
यसरी थोरै सामान वितरण गर्दा हुनेखाने वर्गले लिन नआउने कायस्थ बताउछन् । उनी भन्छन्,‘हुने खानेलाई २ केजी चामल बोकेर जान लाज हुन्छ । यहाँ धनी मान्छे राहत लिन आएको देखिएन ।’
यहाँबाट मास्क नलगाई हिड्नेहरुका लागि मास्क पनि वितरण गरिएको थियो । संक्रमण नफैलिओस् भनेर सेनिटाइजर पनि उपलव्ध थियो । कायस्थका अनुसार यहाँ हरेक दिन यसरी नै हुने बर्गले नहुनेहरुका लागि खाद्य सामाग्री दिन सक्छन् । निषेधाज्ञाका कारण काम गर्न नपाएर खानै समस्या भएकाहरुले लिन सक्छन् ।
गोदावरी नगरपालिकाले सेनिटाइजर र १ सय ५० वटा मास्क वितरणका लागि दिएको कायस्थले बताए ।
यहाँ भोकाहरुलाई खुवाउन कसैले सहयोग गर्न चाहे दाल चामल किनेर दिन सक्छन् । उमेश भन्छन्, ‘हामी नगद पैसा चाही लिदैनौं ।’

सहयोगी मन भएकाहरुले उमेमेयर कायस्थ  ९८४१३८५८४५ र अनिल श्रेष्ठ ९८५१०९३८३० मा फोन गर्न सक्छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ४० बजे