१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा


१० भाद्र २०७७, बुधबार  

0
Shares


१० भदौं ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय एक हप्ता थपिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीको गएराति अबेरसम्म बसेको बैठकले निषेधाज्ञा एक हस्ता थप्ने निर्णय गरेको श्रोतले जाकारी दिएको छ ।
काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ ।
बैठक अघि काठमाडौं उपत्यकाका नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारीको छलफलले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । कोरोना सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि यही ३ गते राति १२ बजेबाट जारी जारी छ ।
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण भयावह बन्दै गएपछि निषेधाज्ञा शुरु भएको हो । यो अवधिमा सङ्क्रमितहरूका लागि आइसोलेसन सेन्टर बढाउन र कन्ट्याक्ट ट्रेसिङ गरिने बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ९ : २४ बजे