११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ३ सय १ कोरोना सङ्क्रमित


१० भाद्र २०७७, बुधबार  

0
Shares

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम पत्रकार सम्मेलनमा बोल्दै . तस्विर ः रासस

१० भदौं ०७७, काठमाडौं । काठमाडौंमा बुधबार ३ सय १ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरका १८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।
काठमाडौँ उपत्यकामा ३ सय १ सहित देशभरमा ८ सय ८५ नयाँ सङ्क्रमित थपिएका हुन् । आज बुधबार थपिएका सङ्क्रमितमध्ये ५ सय ८६ पुरुष र २ सय ९९ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३४ हजार ४ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार २५३ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ३५ हजार २५२ नमूना परीक्षण भइसकेको छ ।
देशभरमा गरी पछिल्लो २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म घर फर्कनेको सङ्ख्या १९ हजार ५सय ४ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६६ दशमलव छ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या नौ हजार ८ सय ३२ रहेको छ । देशभर जम्मा १४ हजार ७ सय ३९ सक्रिय सङ्क्रमितमध्ये आठ हजार ७ सय ११ संस्थागत आइसोलेसन र छ हजार २८ होम आइसोलेसनमा रहेका छन् ।

देशभरमा गरी १ सय ५१ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा १६, प्रदेश २ मा ४४, बाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा तीन र प्रदेश ५ मा १७ जना आइसियूमा रहेका छन् । प्रदेश १ मा एक जना र बाग्मती प्रदेशमा १३ गरी १४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा एक हजार ३६ कल प्राप्त भएको पनि डा. गौतमले बताएकाछन् ।
पछिल्लो २४ घण्टामा देशरभका ४४ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् । प्रदेश १ मा खोटाङमा एक, झापा १६, तेह्थुम आठ, पाँचथर चार, मोरङ १३ र सुनसरी ५३ छ । प्रदेश २ मा धनुषामा ४३, पर्सा एक, बारा २४, महोत्तरी १८, रौतहट २०, सप्तरी एक, सर्लाही १२० र सिराहा तीन छन् । त्यस्तै, बाग्मती प्रदेशमा काठमाडौँमा २३०, ललितपुर ४७, भक्तपुर २४, काभ्रेपलाञ्चोक २१, चितवन ४२, दोलखा दुई, धादिङ एक, मकवानपुर २४, रामेछाप एक र सिन्धुपाल्चोकमा एक सङ्क्रमित पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा कास्की चार, गोरखा एक, नवलपरासी पूर्व सात, लमजुङ २३ सङ्क्रमित, प्रदेश ५ मा अर्घाखाँचीमा एक, कपिलवस्तु चार, दाङ १६, नवलपरासी दुई, प्युठान २२, बर्दिया एक, बाँके चार, रुपन्देही १९ र रोल्पामा एक सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा जाजरकोट, दैलेख र सल्यानमा एकएक जना, सुर्खेत सात फेला परेका छन् भने सुदुर पश्चिममा कञ्चनपुरमा दुई, कैलाली २९, डढेलधुरा दुई, डोटी दुई र अछाममा २० सङ्क्रमित फेला परेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ७ : ५४ बजे