५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


सम्पादकीय ः माहामारीमा राजनीति बन्द गरौं


११ भाद्र २०७७, बिहिबार  

0
Shares

फाइल तस्विर

प्रशासनले निषेधाज्ञा जारी गरे पनि राजनीतिक दलका कृयाकलाप जारी छ । कतै विकाशको नाममा अनुगमन भइरहेको छ । कतै पार्टी प्रवेश कार्यक्रम । नेताहरुको मिटिङ्ग त सधैंभर छँदै छ ।
तर सर्वसाधारण जनतालाई सडकमा हिड्न समेत निधेष गरिएको समयमा नेता कार्यकर्तालाई सबै छुट छ । पहुच र पावर भएका नेता कार्यकर्तालाई कोरोनाले छुदैन हो ?
के विपक्षी के सत्ता पक्ष सडकमा नारा जुलुस सबैले निकाली सकेका छन् । लकडाउनको समयमा समेत सडकमा नारा जुलुस नै निस्कियो ।  जिन्दावादको नारा समेत घन्किएको सकेको छ ।
स्थानीय सरकारदेखि प्रदेश र केन्द्रका जनप्रतिनिधिहरु आफूले विकाश निर्माण गरेको भन्दै विभिन्न आयोजनाको निरिक्षणमा लागि हुल बाँधेर पुग्ने गरेका छन् । हरेक रिवन काट्ने कार्यक्रममा भाषण छाट्न र आत्मरतिमा रमाउन उद्दत छन् ।
विश्वभर माहामारी फैलिरहेको यो समयमा राजनीतिको नाममा यस्ता कृयाकलाप गर्नु दण्डनीय हुनु पर्ने हो । तर राजनीतिका नाममा सबै छुट छ ।
डव्लुएचओले नेपालमा कोरोना संक्रमण अझैं बढ्न सक्ने अनुमानसँगै हाम्रा बानी व्यावहारमा परिवर्तन नगर्ने हो भने घर घरमा कोरोना संक्रमित हुनेछन् । हामी अस्पतालको सेवाबाट बञ्चित हुनेछौं । यसबाट झन् भयावह स्थित आउन सक्छ ।
राजधानी काठमाडौंमा नारा जुलुसमात्रै होइन कोरोना संक्रमित बढ्न नदिनका लागि परिक्षणको दायरा बढाउन माग गर्दे अनसन समेत भयो । यस्ता कृयाकपालले सार्वजनिक स्थलमा भीड बढ्यो । त्यही भीडभाडका कारण आज यो अवस्था आएको छ ।
राजनीतिक पहुचको भरमा कोरोना संक्रमण बढ्दै गइरहेको आजको यो परिस्थितीमा प्रर्दशन, भेला,छलफल, निरिक्षणजस्ता कृयाकलापमा तुरुन्त बन्देज लगाउनु जरुरी छ । अन्यथा भोलि आउने विकराल परिस्थिीको जिम्मेबार उनीहरुले लिनु पर्ने दिन आउनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  १० : ३१ बजे