११ भदौ ०७७,ललितपुर । ललितपुरको उत्तर पुर्वी नगरपालिका महालक्ष्मी नगरमा अहिलेसम्म १ सय ७ जनामा कोरोना संक्रमण भेटिएको छ ।
यस नगरपालिकामा काोरोनाको उपचारपछि निको हुनेको संख्या ३४ छ भने उपचाररत संक्रमित ७२ जना छन् । यी मध्ये ३७ जना होम आइसोलेसनमा छन् भने ३५ जना अस्पतालमा रहेर उपचार गरिरहेका छन् ।
नगरपालिकाका अनुसार यो नगरमा अहिलेसम्म १ जना संक्रमितको निधन भएको छ ।
११ भाद्र २०७७, बिहिबार
0
Shares
प्रतिक्रिया