११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ४७ कोरोना भाइरस संक्रमित फेला


११ भाद्र २०७७, बिहिबार  

0
Shares

सिंहदरवारमा बुधबार कोरोना परिक्षणका लागि घाँटीको नमूना लिदै स्वास्थ्यकर्मी । तस्विर रसन सापकोटा\रासस

११ भदौं ०७७, ललितपुर । स्वास्थ्य कार्यालय ललितपुरले विहीबार ४७ जना संक्रमित भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
यस कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ललितपुर महानगरमा १४ जना महिला र २३ जना पुरुष संक्रमित भेटिएको हो । महालक्ष्मी नगरमा ७ जना महिला र १ पुरुष संक्रमित छन् ।
गोदावरी नगरमा १ जना महिलामा संक्रमित भेटिएकी छिन् भने वागमती गाँउपालिकामा १ जना पुरुष भेटिएका छन् ।
यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा दिइएको जानकारी अनुसार ६६ जनामा कोरोना संक्रमण भेटिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।
अहिलेसम्म ललितपुर जिल्लाभर ५ सय ९२ जनामा कोरोना संक्रमण भेटिएको छ । यी मध्ये २ सय ५२ महिला र ३ सय ४० पुरुष छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ८ : १५ बजे