१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना


१२ भाद्र २०७७, शुक्रबार  

0
Shares

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम पत्रकार सम्मेलनमा बोल्दै

१२ भदौ ०७७, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मनत्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले दिउको जानकारी अनुसार काठमाडौं जिल्लामा ३ सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।
देशभर भने ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय २९ वटा स्वाब परीक्षण हुँदा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १ सय ६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २ सय ४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ०८ बजे