४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विश्वभर पुगे अढाई करोड कोरोना भाइरस संक्रमित


१४ भाद्र २०७७, आइतबार  

0
Shares

१३ भदौ ०७७(रासस÷एएफपी) ः विश्वभर दुई करोड ४९ लाख २८ हजार ७ सय ८१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३ सय ७२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६७ लाख ७६ हजार ७ सय २० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  सङ्क्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   अमेरिकामा ६० लाख ९६ हजार ७ सय ५६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८५ हजार ९सय ६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३८ लाख १२ हजार ६ सय ५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ५९४ जनाको मृत्यु भएको छ ।  भारतमा  ३४ लाख ६८ हजार २ सय ७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ६२ हजार ७ सय ५० जनाको मृत्यु भएको छ ।

रुस ३३ लाख ८५ हजार ३ सय ४६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भएको छ । पेरुमा  ६ लाख २९ हजार ९सय ६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ४७१ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २० हजार १ सय ३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ७ सय ४३ जनाको मृत्यु भएको छ । कोलम्बिया ५ लाख ९० हजार ५ सय २० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १८ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ८५ हजार ७ सय ३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६३ हजार १ सय ४६ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ५५ हजार ६ सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ ।

चिलीमा ४ लाख ५ हजार ९सय ७२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ११ हजार १ सय ३२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ८ : ४८ बजे