११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा आए हाछेथुँ


१५ भाद्र २०७७, सोमबार  

0
Shares


लपु संवाददाता
१५ भदौं ०७७, ललितपुर । ललितपुर महानगरपालिकाको नगरप्रमुखमा सिताराम हातेछु नियुक्त भएका छन् ।
नेपाल प्रहरीबाट केही समयअघि रिटायर्ड भएका हाछेथुँ ललितपुरमा ट्राफिक प्रमुख भएर काम गरेको अनुभव समेत छ । हाछेथुँलाई नगर प्रहरी र दमकलको व्यवस्थापन हेर्ने गरेर जिम्मेवारी तोकिएको नगरपालिका श्रोतले जानकारी दिएको छ ।
नियुक्तीपछि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाका नगरप्रहरी को व्यवस्थापनका लागि सितारामलाई ल्याएको प्रतिकृया दिएका छन् । महर्जनले भने, ‘ललितपुरको ट्राफिक प्रमुखको अनुभव प्राप्त हाछेथुँलाई विज्ञको रुपमा ल्याउका हौं ।’ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरका नगर प्रहरीको क्षमतालाई चुस्त हुने विश्वास व्यक्त गरे ।
हाँछेथुले महानगरको नीति र निर्देशन अनुसार ललितपुर महानगरलाई व्यवस्थित बनाउन याोगदान दिने प्रतिकृया दिए । उनले भने,‘ललितपुर महानगरलाई नमूना बनाउन मेरो योगदान रहनेछ । सितारामले र राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाबाट गरी एक सय २९ वटा पुरस्कार पाएका छन ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ११ : २२ बजे