४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन


१५ भाद्र २०७७, सोमबार  

0
Shares


१५ भदौं ०७७, काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा उपचाररत थिए । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् । उनी केही दिनदेखि अचेत अवस्थामा रहेका थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउँदै आएका थिए । उनका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिएका छन् ।
उनले ट्वीटमा लेखेका छन्, “भारी हृदयका साथ यो जानकारी गराउन वाध्य छु की मेरा पिता प्रणब मुखर्जी अब हामीबीच रहनु भएन, उहाँलाई बचाउन हरसम्भव प्रयास गर्नुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र उहाँको सुस्वास्थ्यको कामना गर्नुभएका सवै सुवेच्छुक तथा इष्टमित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।” उनी भारतको १३ औँ राष्ट्रपति हुन् । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए । उनको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उनकी श्रीमती सुभ्रा मुखर्जीको भने उनी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ८ : ५० बजे