११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा सोमबार ७८ जनालाई कोरोना


१५ भाद्र २०७७, सोमबार  

0
Shares

kathmandu valley
१५ भदौं ०७७, ललितपुर । ललितपुरमा सोमबार ७८ जनालाई कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय ललिातपुरले सार्वजनिक गरेको रिपोर्टमा ललितपुर महानगरपालिमाका सोमबार सर्वाधिक धेरै संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालवयका अनुसार २८ महिला र २९ पुरुष सहित महानगरमा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार नै धेरै कोरोना भेटिने नगरापालिकामा गोदावरी नगरपालिका रहेको छ । यस नगरमा ८ जना महिला र ७ जना पुरुष सहित १५ जनामा संक्रमण देखिएको छ । उत्तरपुर्वी नगरपालिका महालक्ष्मी नगरमा भने ३ जना महिला र ३ जना नै पुरुषमा कोरोना देखिएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
दक्षिण ललितपुरका तीनै गाँउपालिकामा भने सोमबार कुनै संक्रमित भेटिएका छैनन् ।
यो तथ्याङ्कसँगै ललितपुर जिल्लाभर अहिलेसम्म ७ सय ८९ जनामा कोरोना स.क्रमण फेला परिसकेको छ । यी मध्ये महिला ३ सय४६ जना र ४ सय ४३ जना रहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ९ : ०७ बजे