१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनका युवाले मच्छिन्द्रनाथको रथ ताने(अपडेट)


१८ भाद्र २०७७, बिहिबार  

0
Shares

१८ भदौं ०७७,पुल्चोक । ललितपुर पाटनका युवाले रातो मच्छिन्द्रनाथको रथ तानेका छन् । ललितपुरको पुल्चोकका युवाहरु आफ्नो संस्कृती जोगाउने भन्दै भेला भएर रथ तानेका हुन् ।
कोरोना माहामारीका स्थानीय प्रशासनले निषधाज्ञा जारी गरेको अवस्थामा पाटनमा युवाहरु रथ तान्न तम्सिएका हुन् ।
उपत्यकामा कोरोना संक्रमणले भयावह रुप लिएपछि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गत भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरेका थिए । संक्रमण नघटेपछि निरन्तर निषेधाज्ञा थपिदै लगिएको छ ।
स्थानीय युवाहरुको भीडले रथको डोरी निकालेर रथ तान्ने तयारी गरेका हुन् ।

रथयात्राका क्रममा धिमे बजा बजाउदै युवाहरु अघि लागेका थिए । रथ तान्ने क्रममा पुल्चोकमा सयौंका संख्यामा युवाहरु सहभागी थिए ।

भर्खरै प्रहरीको टोली तैनाथ गरिएको छ । प्रहरी बख्तरबन्द लिएर पुल्चोक सडकमा आएको छ ।

कोरोना संक्रमणको त्रास बढेको भन्दै प्रहरीले स्थानीयबासीसँग रथयात्रा रोक्न अनुरोध गरिरहेका छन् ।

प्रहरी तैनाथ भएपछि सहभागीहरु नाराबाजीमा उत्रेका छन् । उनीहरु प्रहरी दमन बन्द गर । जात्रा रोक्न पाइदैन भन्दै नारा लगाइरहेका छन् । स्थानीयबासीहरु प्रहरीसँग सवालजवाफ गरिरहेका छन् ।

रथलाई प्रहरीले दुवैतिरबाट घेरेको छ ।

प्रहरी हस्तक्षपपछि पुल्चोक क्षेत्र सुनसान भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १२ : २२ बजे