१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेयर फोरमको कफर््यु लगाउन दिएको सुझाव नमानेपछि ध्यानाकर्षण


१८ भाद्र २०७७, बिहिबार  

0
Shares


१८ भदौं ०७७,काठमाडौँ । निषेधाज्ञा खुकुलो बनाएपछि काठमाडौँ उपत्यका मेयर फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
फोरमले आज विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने जनाएको हो ।
फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो । हिजो बसेको प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको बैठकले निर्माण क्षेत्रमा काम गर्ने व्यवसाय र त्यससँग सम्बन्धित काम गर्ने व्यवसायीलाई दिउँसो २ बजेदेखि ९ बजेसम्म पसल तथा व्यवसाय खोल्न दिने व्यवस्था गरेको छ । यसले निषेधाज्ञाको अर्थ नरहने तथ्यलाई ध्यानमा राख्दै यसमा सुधार गर्नुपर्ने फोरमको माग छ । आज(बिहीबार) फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र सचिव एवं मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “अत्यावश्यकीय वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न विषयलाई कायम राख्दै अन्य समयमा पसल÷व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ ।” तेस्रोपटक हिजो १७ गते थपिएको आदेश २४ गते राति १२ बजेसम्मका लागि हो ।
विषम परिस्थितिलाई ध्यानमा राख्दै उपत्यकाका स्थानीय तहबाट प्रवाह हुँदै आएको अत्यावश्यकबाहेकका अन्य सेवा भदौ २४ गतेसम्म बन्द रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ४ : २० बजे