
२४ भदौं ०७७, ललितपुर । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आफैलाई मार्ने अभिव्यक्ति दिनेलाई थुनामुक्त गरिदिन आग्रह गरेका छन् ।
महर्जनले बुधबार विज्ञप्ती निकालेर आफूलाई मार्ने धम्की दिने सञ्जय शाक्यलाई निशर्त छोड्न प्रशासनलाई अनुरोध गरेको बताएका छन् । साथै पाटनका १९ वटा विभिन्न जातिय संघ संगठन र ज्यापु समाजले समेत उनलाई छोड्न अनुरोध गरेको विज्ञप्तीमा उल्येख छ ।
मेयर महर्जनद्वारा प्रकाशित विज्ञप्तीमा भनिएको छ, ‘ती व्यक्तिले उत्तेजनामा आएर त्यस्तो गलत उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्ने मेरो ठहर छ ।’
विज्ञप्तीमा अगाडि भनिए अनुसार ललितपुर महानगरपालिकाको रथयात्राका लागि भूमिका नहुने तर कोरोना भाइरसको महामारीको बेला लजष्टिक सपोर्ट मात्र गर्न चाहेको थियो ।
गत भदौं १८ गते ललितपुरको पुल्चोकमा अवस्थित मच्छिन्द्रनाथको रथ तान्न माग गर्दै प्रर्दशनमा उत्रेका पाटनका युवाहरुले एक्कासी रथ तान्न थालेपछि प्रहरीसँग दोहोरो झडप भएको थियो ।
रथयात्रामा सहभागी युवाहरुले उत्श्रृखल गतिविधि र अभिव्यक्ति दिएको भन्दै प्रहरीले पाटनका युवाहरुलाई पक्राउ गर्दै थुनामा राखेको थियो ।
विज्ञप्तीमार्फत महर्जनले रथयात्राका क्रममा भएको झडपपछि घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
हेर्नुस् विज्ञप्ती ः









प्रतिक्रिया