२४ भदौ ०७७, काठमाडौं । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा विहीबारबाट खुल्ने भएको छ । बिहीबारदेखि उपत्यकाका पसल र सवारी साधन पनि चल्नेछन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन समेत चल्लनेगरि निषेधाज्ञा खुकुलो बनाएका हुन् ।
बुधबार बसेको बैठकपछि भएको निर्णय अनुसार सबै निजी सवारी साधन चल्नेछन् भने १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा चल्नेछन् । ट्याक्सीमा भने चालकसहित ३ जना मात्रै बस्न पाइनेछ ।
तर ढुवानीका सवारी साधनमा जोरविजोर प्रणाली लाग्ने छैन ।
पसलहरु भने व्यवसायको प्रकृति अनुसार बार अनुसार फरक फरक दिन खोल्न पाइनेछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आर्थिक कृयाकलाप ठप्प भएको र परिस्थिती हेरेर निषेधाज्ञालाई खुकुलो बनाइएको जानकारी दिएकाछन् । उनले भने, ‘ सर्वसाधारण आफैं सचेत भएर काम गर्नु जरुरी छ । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता जिम्ेवारी सबैको होे ।’
भदौ ४ देखि भदौं २४ गतेसम्म लगातार अत्यावश्यक सेवाबाहेक काठमाडौं उपत्यका ठप्प थियो । तर भदौ १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाइएको थियो ।
२४ भाद्र २०७७, बुधबार
0
Shares
प्रतिक्रिया