१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वागमती सरकारलाई कर्मचारी संगठनहरुले बुझाए १० बुँदे मागपत्र


२५ भाद्र २०७७, बिहिबार  

0
Shares


२५ भदौं ०७७, हेटौडा । बागमती प्रदेश कर्मचारी संगठनहरुले संयुक्त रुपमा आफ्ना विभिन्न समस्याहरु राखेर वागमती प्रदेश सरकारलाई मागपत्र बुझाएका छन् ।
कर्मचारीहरुको ट्रेड युनियनहरु नेपाल निजामती कर्मचारी युनियन(संघ), नेपाल निजामती कर्मचारी संगठन, र नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामति) को बागमती प्रदेश समितिका अध्यक्षहरु , एकनारायण काफ्ले, शरणकुमार गुरुङ र पुरुषोतम रायमाझीको संयुक्त हस्ताक्षर गरि १० बुदे ध्यानाकर्षण सहितको मागपत्र बागमती प्रदेस सरकारलाई संयुत्तः रुपमा बुझाएका हुन् ।
ट्रेड युनियनहरुले कमृचारीहरको हितका लागि विभिन्न १० बुदे मागपत्र बुझएका हुन् । संगठनहरुले कर्मचारीहरुको बृत्तीविकाश र समायोजनाका क्रममा कमृचारीहरुलाई अपठ्यारो परेको भन्दै विभिन्न माग पेश गरेका हुन् ।
तीनवटै संघ संगठनका प्रदेश मन्त्रालय हेटौडा स्तरिय अन्तरट्रेड युनियन संञ्जालका सदस्यहरु बसन्तराज गौतम, त्रिपुरारी बख्रेल, राधाकृष्ण फुयाल, सुदिप छ्त्कुलि, र राजु अर्यालको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ११ : ०५ बजे