१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ५ सय ७२ कोरोना संक्रमित थपिए


२५ भाद्र २०७७, बिहिबार  

0
Shares


२५ भदौ ०७७, काठमाडौं । काठमाडौं उपत्यकाका ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार काठमाडौंमा ४ सय ९५ जना संक्रमित थपिएका छन् । मन्त्रलयका प्रवक्ता डा जागेश्वर गौत्तम का अनुसार ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ६ : २६ बजे