१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ६ सय ९७ जनामा कोरोना


२६ भाद्र २०७७, शुक्रबार  

0
Shares


२६ भदौ ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ६ सय ९६ जना कोरोना संक्रमित भेटिएका छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले काठमाडौं जिल्लामा ६ सय २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिइएको छ । यो अवधिभर कोरोना भाइरस संक्रमण मुक्त भई ९ सय ७२ जना घर फर्केका छन् ।
शुक्रबार अपरान्हसम्म देशभर १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस भेटिएको बताइएकोे छ । मन्त्रालयका अनुसार १० हजार ७ सय १ जनाको परीक्षण गर्दा १ हजार ४ सय ५४ जनामा संक्रमण भेटिएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : १४ बजे