१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर र काठमाडौंमा शनिबार दिनभर विद्युत् अवरुद्ध


२७ भाद्र २०७७, शनिबार  

0
Shares


२७ भदौं ०७७, ललितपुर । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर पुल्चोक र वालाजु वितराण् केन्द्रमा स्वयम्भु फिडरको चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गत विद्युतिय संरचना स्थानान्तरण , एच टी लाइनको कन्डक्टर बदली तथा केबल हेड मर्मत का लागि शनिबार दिनभर विद्युत अवरुद्ध भएको छ । शनिबार बिहान ११ः०० बजे देखि साँझ ५ः०० बजे सम्म बत्ती निभाएर काम गरेकाले स्वयम्भु , अजिमा हल , भगवान पाउँ , सानो भर्याङ्ग , ठुलो भर्याङ्ग , इचङ्गु , हलचोक लगायातका स्थानहरुको बिद्युत लाइन अवरुद्ध भएको हो ।
त्यस्तै पुल्चोक वितरण केन्द्रको टेकु(पुल्चोक फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर विस्तारका लागि शनिबार दिनभर विद्युत् अवरुद्ध भएको छ । यस फिडर अन्र्तगतका धोविघाट, नयाँ बाटो, मेघा हस्पिटल , पट्टीपा चोक, सिद्धार्थ कटेज ढुङ्गेधारालगायतका क्षेत्रहरुमा विहान १० बजेदेखि विद्युत् अवरुद्ध गरिएको छ ।
बालाजु बितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडौ महानगरपालिका वडा न १५ र १६ को पनि शनिबार विहान ९ः०० बजे देखि दिउसो ३ः०० बजेसम्म वनस्थलि, गगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायतका समेत विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ । .

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ५ : २१ बजे