१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ४ सय ३१ जनामा कोराना, ५ जनाको निधन


२७ भाद्र २०७७, शनिबार  

0
Shares


२७ भदौ ०७७, काठमाडौं । शनिबार काठमाडौं उपत्यकाका ४ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा कोरोना संक्रमण फेला परेको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय २ पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको निधन भएको मनत्रालयले जानकारी दिएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ५ : २५ बजे