१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरमा पाँच हजार सङ्क्रमित


२७ भाद्र २०७७, शनिबार  

0
Shares


२७ भदौं ०७७, काठमाडौं । काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८ सय ८६ पुगेको छ ।
काठमाडौं महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार अहिले ४ सय ७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५ सय २४ होम आइसोलेसनमा र एक हजार २ सय २७ जना संस्थागत आइसोलेसनमा छन् ।
हाल सङ्क्रमित भएकामध्ये एक हजार २ सय ६२ जना निको भएका छन् भने तीन हजार १ सय ६८ जना उपचाररत रहेको कामपाले जनाएको छ ।
कुँवरका अनुसार हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५ हजार २९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ र ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नं १५ मा ४ सय ६९ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी वडा १६ मा ३ सय ६६, वडा ३ मा ३ सय १५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ७ : ०८ बजे