२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा पुगे १२ हजार कोरोना सङ्क्रमित


२९ भाद्र २०७७, सोमबार  

0
Shares


२९ भदौं ०७७, काठमाडौं । काठमाडौ उपत्यकामा कोरोना भाइरस सङ्क्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २ सय ४८ जनामा सङ्क्रमण देखिएको बताएका छन् ।
देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३ सय २९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ जिल्लामा महिला तीन हजार ३ सय २ र पुरुष छ हजार ७ सय २४ जना रहेका छन् ।
५ सय ४१ महिला र ६ सय ५० पुरुष ललितपुरमा एक हजार १ सय ९१ ज्नामा संक्रमण भेटिएको छ । ४ सय २८ जना महिला र ६ सय ३ पुरुषसहित भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमितमा छन् ।
पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४ सयको हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । आजैमात्र उपत्यकामा ५ सय १२ जना सङ्क्रमित फेला परेका छन । काठमाडौमा ४ सय ८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन ।
१८ जिल्लामा एक हजार भन्दा बढी सङ्क्रमित
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका अनुसार एक हजार भन्दा बढी सङ्क्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन । काठमाडौ जिल्लापछि पर्सामा सवभन्दा बढी सङ्क्रमित देखिएका छन । पर्सामा दुई हजार ५सय ४४, सर्लाहीमा दुई हजार २ सय ७९, मोरङमा दुई हजार २ सय ६७, रौतहटमा दुई हजार ९, कैलालीमा एक हजार ९ सय ९०, धनुषामा एक हजार ९०३ र रुपन्देहीमा एक हजार ७८४ जनामा सङ्क्रमण देखिएको छ ।
बाँकेमा एक हजार ४ सय ५०, महोत्तरीमा एक हजार ४ सय २३, चितवनमा एक हजार ३ सय ४४, सुनसरीमा एक हजार ३ सय १६, कपिलवस्तुमा एक हजार २ सय ७७, बारामा एक हजार २ सय ३७, दैलेखमा एक हजार ९९ र डोटीमा एक हजार २० जना रहेका छन् । नेपालमा अहिलेसम्म कुल ३९ हजार ५ सय ७६ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।