१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महालक्ष्मी नगरका मेयरलाई कोरोना भाइरस


३० भाद्र २०७७, मंगलबार  

0
Shares


लपु संवाददाता
३० भदौं ०७७, ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।
मेयर श्रेष्ठले मंगलबार फेसबुक मार्फत आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिदै कोरोना भाइरस संक्रमण रोक्न निरन्तर खटिदा आफै संक्रमित भएको जानकारी दिएका हुन् ।

मेयर महर्जनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई कोरोना भाइरसको परिक्षण गर्न अनुरोध गरेका छन् ।
पछिल्लो समय ललितपुर महानगरपछि धेरै संक्रमित रहेको नगरपालिकाको रुपमा महालक्ष्मी नगरपालिका चिनिन्छ ।
अहिले महालक्ष्मी नगरमा करिव २ सयको संख्यामा कोरोना संक्रमित फेला परिसकेका छन् भने यो नगरपालिकाका २ जना निधन भइसकेको छ ।

मेयर श्रेष्ठ गएको शुक्रबारदेखि कार्यालय गएका छैनन् ।
मेयर महर्जनले आफूलाई कहिलेदेखि कोरोना भाइरस संक्रमण भयो भन्ने बारे केही उल्येख गरेका छैनन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ५९ बजे