१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको महालक्ष्मी नगरका मेयरलाई कोरोना पृष्टि भएपछि नगरपालिका कार्यालय बन्द


३० भाद्र २०७७, मंगलबार  

0
Shares


३० भदौं ०७७,ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भारइसको संक्रमण पुष्टि भएपछि मंगलबारबाट इमाडोलस्थित नगरपालिकाको कार्यालय बन्द गरिएको छ ।
न्गरपालिकाले मंगलबार विज्ञप्ती प्रकाशित गरेर कार्यालय बन्द गरिएका जानकारी दिएको हो ।
कार्यालय असोज ४ गतेसम्म बन्द गरिएकोे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा जनाइएको छ ।
महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको हो । प्रकाशित विज्ञप्तीमा नगरबासीको स्वास्थ्य सुरक्षालाई मध्यनजर दिँदै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको उल्येख छ ।
मेयर श्रेष्ठलाई कोरोना संक्रमण भएपछि इमाडोलस्थित किस्ट मेडिकल कलेज, अस्पतालमा उपचाररत छन् । मेयर श्रेष्ठलाई कोरोना पोजेटिभ फेला परेपछि फेसबुकबाट आफ्ना सम्पर्कमा रहेका सबैलाई कोरोना परिक्षण गराउन फेसबुकमार्फत आह्वान गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।