८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चापागाँउमा प्याजको कालोबजारी


३१ भाद्र २०७७, बुधबार  

0
Shares

लपु संवाददाता
३१ भदौ ०७७, ललितपुर । चापागाँउमा प्याजको कालोबजारी शुरु भएको छ । मंगलबारसम्म ४५ रुपैयामा बिक्रि भइरहेको प्याज बुधबार १ सयमा विक्रि भइरहेको छ ।
मंगलबार भारतले प्याज निर्यातमा प्रतिबन्दको घोषणा गरेपछि एक्कासी व्यापारीहरुले प्याजको मूल्य बढाएका हुन् ।
चापागाँउस्थित उक होलसेलमा भेटिएका एक स्थानीय चापागाँउमा सधैभरि यसरी नै मौकाको फाइदा उठाएर होलसेल व्यापारीहरु कालोबजारी गर्ने गरेको गुनासो पोखे । उनले भने, टिभिमा समाचार फुकेकै दिनदेखि यहाँ सामानको भाउ बढ्छ ।’
चापागाँउ बजारमा होससेल सामान बेच्ने एक व्यापारीले प्याजको मूल्य २ सयसम्म पुग्ने आकलन गर्दै भने, ‘बजारमा बढेपछि हामीले बढाउने हो ।’
दक्षिण ललितपुरको मुख्य बजारको रुपमा परिचित चापागाँउ बजारमा अन्य ठाँउभन्दा तुलनात्मक रुपमा सस्तो सामान पाइन्छ । तर अनुगमन नहुँदा बेला बेलामा कालोबजारी हुने गरेको स्थानीय उपभोक्ताहरुको गुनासो छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  २ : ५२ बजे