१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा ६ सय १८ कोरोना संक्रमित


१ आश्विन २०७७, बिहिबार  

0
Shares


१ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ५ सय ७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिएका छन् ।
विहीबार देशभरका प्रयोगशालामा गरिएको परिक्षण पछि १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण भेटिएको छ ।
१० हजार ६ सय ४१ जनाको पिसीआर परीक्षण गर्दा यो कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।
अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ५९ हजार ५ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टा एक हजार २ सय ४३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४२ हजार ९ सय ४९ जना पुगेको छ । मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये निको हुनेको प्रतिशत ७२ रहेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर १६ हजार २ सय ४१ जना सक्रिय सङ्क्रमित छन् ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा सात हजार ९ सय ३ जना रहेका छन् भने होम आइसोलेसनमा आठ हजार ३ सय ३८ जना छन् । क्वारेन्टिनमा सात हजार ८ सय ८३ जना रहेका छन् । काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय बढी रहेको मन्त्रालायले जनाएको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ६ : ५१ बजे