१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विहीबार ५४ कोरोना संक्रमित फेला


१ आश्विन २०७७, बिहिबार  

0
Shares


लपु संवाददाता
१ असोज ०७७, ललितपुर । विहीबार ललितपुर जिल्लाभर ५४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुका अनुसार २२ महिला र २५ पुरुष सहित ललितपुर महानगरपालिकामा ४७ जना कोरोना संक्रमित भेटिएका छन् ।
महालक्ष्मी नगरमा ३ जना महिला र ३ जना नै पुरुष संक्रमित भेटिएपछि ६ जना पुगेको छ ।
गोदावरी नगरपालिकामा भने १ जना महिलामा मात्रै संक्रमण देखिएको छ ।
दक्षिण ललितपुर ३ गाँउपालिकामा भने विहीबार कुनै संक्रमित भेटिएनन् ।
विहीबार ललितपुरमा २६ जना महिला र २८ जना पुरुषमा कोरोनाा देखिएर ५४ जना पुगेको हो ।
अहिलेसम्म ललितपुर जिल्लामा ६ सय ६९ जना महिला र ८ सय ३६ जना पुरुष गरेर जम्मा १ हजार ४ सय ९५ जनामा संक्रमण देखि सकिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  १० : १३ बजे