१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगरमा कोरोनाबाट जोगिन हात धुने स्टेशन


२ आश्विन २०७७, शुक्रबार  

0
Shares

फाइल तस्विर ; ललितपुर खबर

२ असोज ०७७, इमाडोल । महालक्ष्मी नगरपालिकाको विभिन्न स्थानमा कन्ट्र्याक्टलेस ह्यान्ड वास स्टेसन अर्थात् हातले नछोइ साबुन र पानी झर्ने हातधुने ठाउँको व्यवस्था गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीबाट नगरवासीलाई जोगाउन र पटकपटक हात धुने बानी लगाउन महालक्ष्मीको विभिन्न स्थानमा उक्त स्वास्थ्य साधन राखिएको हो ।
नगपालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा यहाँका सामुदायिक विद्यालय, सार्वजनिक स्थान, बसपार्क, मन्दिर, स्वास्थ्य संस्था, वडाकार्यालय र बढी मानिस जमघटन हुने स्थानमा स्टेसन राखेको नगरपालिका विपद् व्यवस्थापन समितिका सदस्य सचिव प्रशान्तसिंह थापाले बताएका छन् । थापाले भने, “हामीले दुई चरणमा गरेर नगरपालिकामा २२ स्टेसन राखेका छाँै । भर्खरै १३ स्टेस राख्यौँ ।” महालक्ष्मीमा सो स्टेसनको व्यवस्था भएसँगै कोभिडको फैलावटमा कमी आउने थापाको भनाइ छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  २ : १० बजे