१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा शुक्रबार भेटियो ६८ जनामा कोरोना


२ आश्विन २०७७, शुक्रबार  

0
Shares


लपु संवाददाता
२ असोज ०७७, ललितपुर । ललितपुर जिल्लामा शुक्रबार ६८ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले दिएको जानकारी अनुसार २४ महिला र ३४ पुरुषसहित ५८ जनामाकोरोना संक्रमण भेटिएको छ ।
महालक्ष्मी नगरपालिकामा ४ जनामा पुरुषमा कोरोना भेटिएको छ भने गोदावरी नगरमा ४ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार दक्षिण ललितपुरको महाकाँल गाँउपालिकामा २ जना पुरुषमा संक्रमण भेटिएको जानकारी दिइएको छ ।
ललितपुरमा अहिलेसम्म ६ सय ८७ जना महिला र ८ सय ७६ जना पुरुष गरि जम्मा १ हजार ५ सय ६३ जनाका कोरोना भेटिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ५८ बजे